निजगढ नगरपालिका, नगर कार्यपालिकाको कार्यालयद्वारा हालै १० वर्ष भन्दा माथिका महिलाहरूलाई लक्षित गरी निजगढको भरतगञ्जमा उपप्रमुख प्रजनन स्वास्थ्य प्रबर्द्धन अभिमूखीकरण तथा सचेतना कार्यक्रम सम्पन्न गरियो।
राष्ट्रिय युवा परिषद् तथा निजगढ नगरपालिकाको साझेदारीमा सहुलियतपूर्ण कर्जा सहजीकरणका लागि उधमशिलता तथा वित्तीय साक्षरता सम्बन्धी ७ दिने कार्यक्रमको सुरुवात गरियो ।
निजगढ नगरपालिका, नगर कार्यपालिकाको कार्यालयमा नेपाल सरकार, रेल्वे विभागका सि.डि.ई. सहितको टोलीसँग निजगढ नगरपालिका हुँदै रेल्वे लाइनको DPR गर्दा यस नगरपालिकाको मानव बस्ती र खेतीयोग्य जमीनमा न्यूनतम क्षति पुग्ने गरी संभाव्य उपयुक्त विकल्पको निर्धारण गर्दै
२०७७।१०।१२ गतेबाट निजगढ नगरपालिकाका "क" र "ख" वर्गका अपांगता भएका व्यक्तिहरूलाई जाडोबाट जोगाउन वहाँहरूकै घरदैलोमा पुगी ब्ल्यांकेट र थर्मस हस्तान्तरण गर्ने कार्य शुरू गरियो।
आज मिति २०७७।०९।२७ गते निजगढ नगरपालिकाको जल उपभोक्ता संस्था सम्बन्धी कार्यविधि, २०७७ बमोजिम श्री टिकुलीखोला खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था, निजगढ-१० लाई जल उपभोक्ता संस्थाको रूपमा दर्ता गरी सोको दर्ता प्रमाणपत्र हस्तान्तरण गरियो।