नेपालको मधेश प्रदेश, बारा जिल्लामा अवस्थित निजगढ नगरपालिका यस जिल्लामा रहेका १६ वटा स्थानीय तहहरु मध्येको १ स्थानीय तह र ५ वटा नगरपालिकाहरु मध्येको एक नगरपालिकामा पर्दछ। वि.सं. २०७१ साल वैसाख २५ गते विधिवत् रुपमा नगरपालिका घोषित भएको निजगढ नगरपालिका साबिकको निजगढ गा.वि.स., भरतगंज सिंगौल गा.वि.स. तथा रतनपुरी गा.वि.स. को सम्पूर्ण क्षेत्रहरु गाभिई कायम भएको हो ।
जन्म ,मृत्यु ,बसाई सराई ,बिवाह र सम्बन्ध बिच्छेद जस्ता घटनाहरु घटना घटेको ३५ दिन भित्र आ-आफ्नो वडा कार्यालयमा गई नि:शुल्क दर्ता गराई कानुनी मान्यता प्राप्त गरौ ।
मिति २०७९।०३।०५ गते निजगढ नगरपालिकाका प्रमुख श्री सुरथ पुरीको अध्यक्षतामा निजगढ नगरपालिकाका उपप्रमुख श्री सोममाया थिङ्ग, प्रमुख प्रशासकीय अधिकृत श्री सुमन कुमार कार्की, राजनैतिक दलहरूका प्रतिनिधिहरू तथा निजगढ स्थित सुरक्षा निकायका प्रमुखहरू समेतको उपस्थित
मिति २०७९।०३।१० गते शुक्रबार निजगढ नगरपालिकाको नगर सभाको दशौं अधिवेशनको प्रथम बैठक निजगढ नगरपालिकाका प्रमुख तथा नगर सभाका अध्यक्ष श्री सुरथ पुरीको अध्यक्षतामा नगर कार्यपालिकाको कार्यालय, निजगढको सभाहलमा बस्यो । सो बैठकमा निजगढ नगरपालिकाका उपप्रमुख तथा नगर
आज मिति २०७९।०३।०६ गते "स्मार्ट सिटी, स्मार्ट कार्यालय" को अवधारणा अनुरूप निजगढ नगरपालिका, नगर कार्यपालिकाको कार्यालयमा पाल्नु हुने सेवाग्राहीहरूको सहजताका लागि सो कार्यालयमा डिजिटल सूचना पाटी जडान गर्नुका साथै उक्त कार्यालयको २ स्थानमा मोबाइल चार्जिङ
मिति २०७९।०२।१७ गते निजगढ नगरपालिका, नगर कार्यपालिकाको कार्यालयद्वारा नेपालको संविधानको धारा २१६(४) को व्यवस्था बमोजिम निजगढ नगरपालिकाको ५ जना महिला नगर कार्यपालिका सदस्य तथा ३ जना दलित वा अल्पसंख्यक नगर कार्यपालिका सदस्य पदमा निर्वाचित हुनु भएका नगर
मिति २०७९।०२।२७ गते निजगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री सुमन कुमार कार्कीको अध्यक्षतामा निजगढ नगरपालिका, नगर कार्यपालिकाको कार्यालय तथा मातहतका वडा कार्यालयहरूमा कार्यरत सम्पूर्ण कर्मचारीहरूको नियमित मासिक बैठक (Monthly Staff Meeting) बस्यो।