आज मिति २०७७।०९।२७ गते निजगढ नगरपालिकाको जल उपभोक्ता संस्था सम्बन्धी कार्यविधि, २०७७ बमोजिम श्री टिकुलीखोला खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था, निजगढ-१० लाई जल उपभोक्ता संस्थाको रूपमा दर्ता गरी सोको दर्ता प्रमाणपत्र हस्तान्तरण गरियो।
आज मिति २०७७।०९।२६ गते निजगढ नगरपालिकाका ९० बर्ष वा सो भन्दा माथि उमेर समूहका आदरणीय जेष्ठ नागरिकहरूलाई सामाजिक दायित्व निर्वहन गर्दै जाडोबाट जोगाउन निजगढ नगरपालिकाद्वारा ब्ल्यांकेट र थर्मस हस्तान्तरण गर्नुका साथै खादा ओढाई सम्मान गरियो।
निजगढ नगरपालिकाको आ.ब. २०७७/०७८ का लागि नदीजन्य पदार्थ उत्खनन् तथा निकासी कार्यका लागि पुन: सीलबन्दी बोलपत्र आव्हान भई श्री हिमानी सप्लायर्स, निजगढ-७, बाराले सबैभन्दा बढी भ्याट बाहेक रू. १६०००००००।- (सोह्र करोड) कबोल गरेको सारभूतरूपमा प्रभावग्राही स्वीकृत
आज मिति २०७७/०९/१७ गते युवा प्रतिभा पहिचान तथा प्रोत्साहन कार्यक्रम," समृद्ध राष्ट्र निर्माणका लागि युवाहरुको विचारहरु", जिल्ला स्तरीय लेखन प्रतियोगिता २०७७ सफलता पुर्वक सम्पन्न भयो ।
नेपाल राष्ट्रिय माध्यमिक विद्यालय , रतनपुरका विधार्थी भाइबहिनीहरु संग लैंगिक हिँसा सम्बन्धी कार्यक्रममा