नेपालको मधेश प्रदेश, बारा जिल्लामा अवस्थित निजगढ नगरपालिका यस जिल्लामा रहेका १६ वटा स्थानीय तहहरु मध्येको १ स्थानीय तह र ५ वटा नगरपालिकाहरु मध्येको एक नगरपालिकामा पर्दछ। वि.सं. २०७१ साल वैसाख २५ गते विधिवत् रुपमा नगरपालिका घोषित भएको निजगढ नगरपालिका साबिकको निजगढ गा.वि.स., भरतगंज सिंगौल गा.वि.स. तथा रतनपुरी गा.वि.स. को सम्पूर्ण क्षेत्रहरु गाभिई कायम भएको हो ।
जन्म ,मृत्यु ,बसाई सराई ,बिवाह र सम्बन्ध बिच्छेद जस्ता घटनाहरु घटना घटेको ३५ दिन भित्र आ-आफ्नो वडा कार्यालयमा गई नि:शुल्क दर्ता गराई कानुनी मान्यता प्राप्त गरौ ।
मिति २०७९।०६।११ गते नगर कार्यपालिकाको कार्यालय, निजगढद्वारा विजया दशमी, शुभ दिपावली र छठ पर्वको पावन अवसरमा सिंगौल एवं रतनपुर क्षेत्रमा बसोबास गर्नु हुने 'क' वर्गका फरक क्षमता भएका व्यक्तिहरुलाई उहाँहरुको घरमै पुगी फलफूल, जुस लगायत पोषणयुक्त खानेकुरा
मिति २०७९।०६।०५ गते निजगढ नगरपालिकाका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, राजनैतिक दलका प्रमुख तथा प्रतिनिधिहरु,निजगढ स्थित सुरक्षा निकायका प्रमुखहरु, विभिन्न सामाजिक संघ/संस्थाका प्रमुख एवं प्रतिनिधिहरु,कर्मचारीहरु, स्वयंसेविकाहरु लगायतका
नगर कार्यपालिकाको कार्यालय, निजगढले संविधान दिवसको अवसरमा कार्यालय परिसरमा साँझ दिप प्रज्वलन कार्यक्रम आयोजना गरेको थियो।
मिति २०७९ असोज ३ गते संविधान दिवसको अबसरमा नगर कार्यपालिकाको कार्यालय, निजगढको परिसरमा सरसफाई एवम् झण्डोलोत्तन कार्यक्रम आयोजना गरियो। उक्त कार्यक्रममा निजगढ नगरपालिकाका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्षहरु, निजगढ स्थित सुरक्षा निकाय
मिति २०७९।०५।२१ गते निजगढ नगरपालिकाको नगर सभाको दशौं अधिवेशनको दोश्रो बैठक नगर कार्यपालिकाको कार्यालय, निजगढको सभाहलमा सम्पन्न भएको छ।